कतारमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा  « Khabarhub

कतारमा निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तीन दिन बिदा 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानमा कार्यरत कामदारका लागि इद उल फित्रको अवसरमा तीन दिने बिदा घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार श्रम कानुनको अधीनमा रहेका निजी क्षेत्रका प्रतिष्ठानका कामदारहरूको लागि इद अल-फित्रमा दिन बिदा दिने निर्णय भएको हो ।

इदको बिदामा कामदारलाई काममा लगाउनु पर्ने भएमा श्रम कानुनको दफा (७४) मा उल्लेखित ओभरटाइम भत्तासम्बन्धी व्यवस्था लागू हुने मन्त्रालयले जनाएको छ ।

कतार लगायत खाडी मुलुकहरुमा आज सोमबार इदको पहिलो दिन हो । इदको अवसरमा दोहास्थित नेपाली दूतावास पनि तीन दिन बन्द रहने छ ।

बन्दमा अत्यावश्यक काम परे ३३६९३२९८ मा व्हाट्सएपमार्फत म्यासेज गर्न सकिने दूतावासले जनाएको छ । कतारमा हाल ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ३७ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको