टी ट्वान्टी क्रिकेट : जिम्बाब्वेसँग दोस्रो खेलमा भिड्दै नेपाल  « Khabarhub

टी ट्वान्टी क्रिकेट : जिम्बाब्वेसँग दोस्रो खेलमा भिड्दै नेपाल 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो । त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेल्न लागेको हो । यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछी तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो । तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एक दिवसीय खेल हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : १६ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु

कोनाक्री– गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन्

सुदूरपश्चिममा एक महिनामा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित