७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुर जिल्लाका लागि छाप्न सुरु   « Khabarhub

७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुर जिल्लाका लागि छाप्न सुरु  


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ३० वैशाखका लागि तय भएको स्थानीय  तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात् भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु हुनेछ ।

जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा  नमूनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाई कार्य भएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लाहरुमा ढुवानी गर्ने काम सम्पन्न गरिसेकेको आयोगले आज दोलखा, सिन्धुली र रामेछापका लागि मतपत्रहरु ढुवानी गर्दै छ ।  ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभावाट नयाँ संविधान जारी भएपछि  निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ ।  निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : ५३ बजे

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री