युक्रेनलाई अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट गरेको रुसको दाबी « Khabarhub

युक्रेनलाई अमेरिका र युरोपले आपूर्ति गरेका हतियार नष्ट गरेको रुसको दाबी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा अमेरिका र अरु युरोपेली मुलुकहरुले आपूर्ति गरेका हतियार नष्ट पारेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिणी युक्रेनको ओदेसा शहर नजिकै रहेको विमानस्थलमा राखिएका अमेरिकी तथा पश्चिमा मुलुकबाट आयात गरिएका हतियार नष्ट पारेको दाबी गरेको हो ।

रक्षा मन्त्रालयले उच्च सटीकताका साथ मार हान्न सक्ने ‘ओनिक्स’ क्षेप्यास्त्रले उक्त विमानस्थलमा प्रहार गरिएको जनाएको छ । यता युक्रेनले भने विमानस्थलमा भर्खरै निर्माण गरिएको धावनमार्गमा आक्रमण गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ओदेसाका क्षेत्रीय गभर्नर माक्सिम मारचेन्कोले रुसले क्राइमियाबाट प्रहार गरेको ‘बास्तियन’ क्षेप्यास्त्रबाट धावनमार्गमा आक्रमण गरेको जनाएका छन् ।

यद्यपि यसको तत्काल स्वतन्त्र पुष्टि भने हुन नसकेको रोयटर्सले जनाएको छ ।

त्यस्तै, रुसी रक्षा मन्त्रालयले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले खारकिभ क्षेत्रमा युक्रेनका दुई सुखोइ सु २४ एम बमवर्षक लडाकु विमान खसालेको दाबी गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : ०६ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी