भारतमा गर्मी कम हुँदै, तीन दिनमा वर्षा हुने अनुमान « Khabarhub

भारतमा गर्मी कम हुँदै, तीन दिनमा वर्षा हुने अनुमान


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा तापलहरको क्रम घट्दै गएको त्यहाँको मौसम विभागले जनाएको छ । भारतको मौसम विभागका अनुसार भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको छ भने आगामी तीन दिनमा हल्का वर्षा हुने अनुमान छ ।

मौसम विभागले वर्षापछि ३–४ डिग्री सेल्सियससम्म तापक्रम घट्ने अनुमान गरेको भारतबाट प्रकाशित हुने बिजनेश स्ट्याण्डर्ड अनलाइनले जनाएको छ । सोमबारमात्र राजधानी दिल्लीको अधिकतम तापक्रम ३९ डिग्री र न्यूनतम ३० डिग्री पुग्ने अनुमान छ ।

भारत र पाकिस्तानमा यस वर्ष अत्यधिक गर्मी बढेको बताइएको छ । गर्मीका कारण एक अर्ब भन्दा धेरै मानिसहरु प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ ।

यो वर्षको अप्रिल महिनामा देशका धेरै भागहरूमा उच्चतम् औसत तापक्रम रेकर्ड गरिएको छ । उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : १४ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा