कुमारी बैंक लिमिटेडद्वारा नेपालको चुमनुब्री गाउँपालिकामा वृद्ध भत्ता वितरण « Khabarhub

कुमारी बैंक लिमिटेडद्वारा नेपालको चुमनुब्री गाउँपालिकामा वृद्ध भत्ता वितरण


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्‍याउने कार्य सम्पन्न गरेको छ ।

नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्‍याउने कार्य सम्पन्न गरेको हो । वैशाख १५ गते कुमारी बैंक लिमिटेडका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीनजनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुर्‍याएको थियो ।

गोरखाको चुमनुब्रीमै आयोजित कार्यक्रममा रोहित सिंहले भने, ‘आफ्ना ग्राहकहरूका लागि हामीले चौतर्फी रूपमा सेवा–सुविधा पुगोस् भनी सो आयोजना गरेका छौं।  आगामी दिनमा यसरी सहयोग पुर्‍याउने कार्यक्रमलाई हामीले निरन्तरता दिने जानकारी गराउछौँ’

बैंकले देशव्यापी रुपमा १९७ शाखा–संजाल, १७७ एटिएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : १२ बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि