निर्वाचनसम्म जनकपुर विमानस्थल सुरक्षाको जिम्मा सेनालाई दिइयो « Khabarhub

निर्वाचनसम्म जनकपुर विमानस्थल सुरक्षाको जिम्मा सेनालाई दिइयो


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।

आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएको छ ।

जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा उनीहरू खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने बताए ।

अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् ।

एक्सरे मेसिन तथा विमानस्थलमा बडी सर्चका लागि भने महिला र पुरूष प्रहरी खटेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : ५७ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा