पूर्वराजाको सालिक राख्न खोज्नेलाई प्रहरीले रोकेपछि नेपालगन्ज तनावग्रस्त « Khabarhub

पूर्वराजाको सालिक राख्न खोज्नेलाई प्रहरीले रोकेपछि नेपालगन्ज तनावग्रस्त


१९ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न आएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि उनीहरु प्रहरीसँग जाइ लागेका हुन् । झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । सोक्रममा प्रहरीले ४ राउन्ड राउण्ड हवाईफायर गरेको थियो । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : १८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको