नेपालगंजमा पुर्वराजाको शालिक राख्न नदिएकोमा राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति « Khabarhub

नेपालगंजमा पुर्वराजाको शालिक राख्न नदिएकोमा राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालगंजमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न नदिएकोमा आपत्ति जनाएका छन् ।

लिङ्देनले सामाजिक संजाल फेसबुकमा लेख्दै जनस्तरबाट पुनःस्थापित स्व.राजा वीरेन्द्रको शालिक माथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकड सम्बन्धि घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।

साथै उनले सो झडपको क्रममा पक्राउ परेका सबैलाई तत्तकाल रिहाई गर्न तथा ईतिहासको सम्मान गर्न नेपाल सरकारसंग माग पनि गरेका छन् । बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रममा विहान झडप भएको थियो । प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो । तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन् ।

धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो । जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक तोडफोड गरेर घटाएपछि बिहीबार फेरि शालिक राख्ने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राख्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले जबरजस्ती राखेको वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ । प्रहरीको हस्तक्षेपविरुद्ध आक्रोशित भएर विरोधमा उत्रिएकाहरुले सेतु विक चोकमा राखिएको सहिद सेतु विकको शालिक पनि हटाएका छन् ।

 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ३ : ३६ बजे

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले