चिनियाँ ऋण लिन नेपाल सजग « Khabarhub

चिनियाँ ऋण लिन नेपाल सजग


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंका र पाकिस्तान जस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन देखेको नेपाल चीनको ‘ऋण पासो’ कूटनीतिबाट निकै सजग छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् । नेपालले चीनबाट ऋण लिँदा पनि चनाखो भइरहेको देखिएको छ ।

नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिएको लामो इतिहास छ । यसकारण नेपालसँग चीनले माग गरेको ब्याजदर व्यावसायिक होइन भन्ने नेपाले बुझेको छ ।

नेपाल सरकारले चीनबाट ऋण लिनुलाई भन्दा विश्व बैंक र एसियाली विकास बैंकलाई प्राथमिकतामा राखेको छ ।

मैत्रिपूर्ण मुलुकलाई ऋण दिने चीनको आफ्नै सर्त छ । चीनको नेतृत्वमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) र सिल्क रोड फण्ड (एसआरएफ) को माध्यमबाट पनि चीनले सामान्यतया व्यापारिक ऋणहरू उपलब्ध गराउँदै आएको छ ।

चिनियाँ ऋणको चुक्ता अवधि पनि सीमित छ । यसले नेपाली नेतृत्वलाई चिनियाँ ऋण लिन निरुत्साहित गरिरहेको छ ।

चीनको लगानीमा बन्ने आयोजना स्थल क्लियरेन्समा ढिलाइ र देशको राजनीतिक अस्थिरताको कारण कामै नलाग्ने हुनसक्ने चिन्ता पनि उत्तिकै छ ।

नेपाल सरकारका एक वरिष्ठ अधिकारीले विवादको मुख्य विषय वित्तीय प्रारूपपारदर्शिता रहेको स्वीकार गरेका छन । सोही कारण सरकारले चिनियाँ ऋण लिन आनाकानी गरिरहेको हो ।

चीनका कारण छिमेकी देशहरू पहिलेदेखि नै आर्थिक संकटमा परेका छन् । चिनियाँ ऋण लगानीमा पाकिस्तान र श्रीलंकाले सुरु गरेका ठूला पूर्वाधार आर्थिक संकटमा र राजनीतिक अस्थिरताको भुमरीमा परेका छन् ।

१४ महिनाअघि सैनिक कु भएपछि म्यानमारबाट पनि चिनियाँहरू फर्किएका छन् । माल्दिभ्समा पनि चिनियाँ ऋण र परियोजनाहरू सरकार परिवर्तन भएपिच्छे बढ्ने र घट्ने भइरहेको छ ।

विशेष च्यानलमार्फत चीनले व्यापार क्रेडिटको रूपमा ऋण लुकाउने चीनको इतिहास छ । चिनियाँ ऋण सस्तो पनि छैन । चिनियाँ ऋणमा अन्य देशहरूले द्विपक्षीय सहायता लिने भन्दा तीन गुणा बढी ब्याजदर छ ।

श्रीलंकाको हम्बनटोटा बन्दरगाह चिनियाँ ऋण लगानीमा निर्माण भएको हो । तर चिनियाँ ऋण तिर्न नसकेपछि श्रीलंका सरकारले सो बन्दरगाह नै चीनलाई हस्तान्तरण गर्नुपरेको छ ।

यता, बंगलादेशले चिनियाँ ऋण लिन सावधानी अपनाएको छ । बंगलादेशमा चिनियाँ ऋणमा लगानी गरिएका परियोजनाहरू पाकिस्तानको तुलनामा एक चौथाइभन्दा कम छन् ।

छिमेकी मुलुकहरूको अवस्था देखेर नेपाल पनि सजग भएको छ । नेपालले चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सम्झौता गरेको पाँच वर्ष भएपनि आयोजनाले काम अघि बढाएको छैन ।

यसबारे तत्कालीन प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डको पालामा नेपाल र चीनबीच समझदारी पत्रमा सन् २०१७ को मे महिनामा हस्ताक्षर भएको थियो । नेपालले बीआरआई अन्तर्गतका नौ परियोजनाहरू पनि प्रस्ताव गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले अक्टोबर २०१९ मा  काठमाडौंको भ्रमण गरेकाका बेला नेपाली नेतृत्वको विश्वास जित्ने अपेक्षा गरेका थिए । बीआरआईमा हस्ताक्षर भएको पाँच वर्षं बितिसक्दा पनि एउटा पनि आयोजनाको टुंगो लागेको छैन ।

कोरोना भाइरसको महामारी र राजनीतिक अस्थीरताका कारण बीआरआई अघि नबढेको बताइएको छ । यसबाहेक राजनीतिक एवम् सिद्धान्तका कारण पनि यस्ता परियोजना अघि नबढेको बताइन्छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. मृगेन्द्रबहादुर कार्कीका अनुसार नेपालले उच्च ब्याजदरमा ऋण स्वीकार गर्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : ०९ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा