पाँच दिनमा एउटै स्थानमा डुबेर तीन जनाको मृत्यु | Khabarhub Khabarhub

पाँच दिनमा एउटै स्थानमा डुबेर तीन जनाको मृत्यु


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिङ्गी महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएकी तेस्रो लिङ्गी महिलाको मृत्यु भएको हो । पुलको मुनी खोचमा डुबेर अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । मृतकको पहिचान भने खुल्न नसकेको उनले बताए । 

मृतकको पहिचानका लागि तेस्रो लिङ्गी व्यक्तिको संगठन ब्लु डाइमण्ड सोसाईडीसँग आग्रह गरिएको उनले बताए । सोही स्थानमा यही जेठ १५ गते नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पनि डुबेर मृत्यु भएको थियो । पुल मुनी नदीको गहिरो खोच बनेको र सो स्थानमा पौडि खेल्न नसकेर मानिसको मृत्यु हुने गरेको प्रहरी प्रवक्ता जोशीले बताए । अबदेखि भने सो स्थानमा पौडी खेल्न प्रतिबन्ध गरिएको छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : १० बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको