पाँच दिनमा एउटै स्थानमा डुबेर तीन जनाको मृत्यु « Khabarhub

पाँच दिनमा एउटै स्थानमा डुबेर तीन जनाको मृत्यु


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिङ्गी महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएकी तेस्रो लिङ्गी महिलाको मृत्यु भएको हो । पुलको मुनी खोचमा डुबेर अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । मृतकको पहिचान भने खुल्न नसकेको उनले बताए । 

मृतकको पहिचानका लागि तेस्रो लिङ्गी व्यक्तिको संगठन ब्लु डाइमण्ड सोसाईडीसँग आग्रह गरिएको उनले बताए । सोही स्थानमा यही जेठ १५ गते नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पनि डुबेर मृत्यु भएको थियो । पुल मुनी नदीको गहिरो खोच बनेको र सो स्थानमा पौडि खेल्न नसकेर मानिसको मृत्यु हुने गरेको प्रहरी प्रवक्ता जोशीले बताए । अबदेखि भने सो स्थानमा पौडी खेल्न प्रतिबन्ध गरिएको छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु