यमनमा संयुक्त राष्ट्रसंघले गरेको युद्धविराम दई महिना थप | Khabarhub Khabarhub

यमनमा संयुक्त राष्ट्रसंघले गरेको युद्धविराम दई महिना थप


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले बिहीबार यमनका युद्धरत पक्षहरूले अर्को दुई महिनाको लागि अहिले जारी युद्धविरामलाई विस्तार गर्न सहमत भएका जानकारी गराएका छन् ।

“हालको सम्झौता अवधि समाप्त भएपछि नयाँ सम्झौता लागू हुनेछ,” यमन समय अनुसार साँझ सात बजे ग्रुण्डबर्गले संयुक्त राष्ट्रसंघको वेबसाइटमा जारी गरेको लिखित वक्तव्यमा भनिएको छ ।

“यो सम्झौता २ अप्रिल २०२२ मा पहिलोपटक लागू भएको मूल सम्झौताकै शर्तमा विस्तार गरिएको हो,” विज्ञप्तिमा भनिएको छ ।

उनले रमजानको पवित्र महिनाको पहिलो दिन सुरु भएको र बिहीबारको दिन समाप्त भएको राष्ट्रव्यापी सन्धिको निरन्तरता सुनिश्चित गर्दै भने, “विगत महिनाहरूमा यमनका युद्धरत पक्षका प्रतिनिधिहरू र उच्च पदस्थ राजनीतिज्ञहरूसँग श्रृंखलाबद्ध बैठकहरू आयोजना गरेपछि यो सम्झौता भएको हो ।”

एकाध ठाउँमा झडप र सम्झौता उल्लङ्घनका घटना देखिए पनि दुई महिनादेखि यमनका युद्धरत पक्षहरूले यस सम्झौताबाट लाभहरू अनुभव गर्दै आएका छन् । सर्वसाधारण घाइतेहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छ । होडैडा बन्दरगाह हुँदै इन्धन वितरणमा निकै वृद्धि भएको छ र लगभग छ वर्षसम्म बन्द भएपछि साना अन्तराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानहरू पुनः आरम्भ भएका छन् ।

“सम्झौता कार्यान्वयन गर्न र यसलाई पुनः नवीकरण गर्न सहमत भएर दुवै पक्षले यमनी नागरिकहरूलाई यो विनाशकारी द्वन्द्वको अन्त्य सम्भव छ भन्ने आशाको दुर्लभ झलक प्रदान गरेका छन्,“ उनले भने ।

इरानको सहयोग प्राप्त यमनी हुथी लडाकूले विभिन्न उत्तरी प्रान्तहरूको नियन्त्रण गरी साउदी अरब समर्थित यमनी संयुक्त सरकारलाई राजधानी सानाबाट बाहिर जान बाध्य गराएपछि यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा होमिएको थियो ।

यो युद्धले दशौं हजार मानिसको ज्यान लिएको छ । चार लाख विस्थापित भएका छन् र युद्धले देशलाई भोकमरीको सँघारतिर धकेलेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ११ : ४७ बजे

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरू बोल्ने क्रम सकियो

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि

किवीखेतीबाट वार्षिक ७ लाख आम्दानी

दोलखा– जिल्लाको जिरी नगरपालिका–७ कलङका किरण बहादुर खड्का हिजोआज किवी