लमजुङका आठ स्थानीय तहले ४ अर्ब १ करोड ५९ लाख बजेट ल्याए « Khabarhub

लमजुङका आठ स्थानीय तहले ४ अर्ब १ करोड ५९ लाख बजेट ल्याए


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका आठवटै स्थानीय तहले समयसिमा भित्रै आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाका आठ स्थानिय तहले चार अर्ब एक करोड ५९ लाख एक हजार बजेट ल्याएका छन्।

जिल्लामा सबैभन्दा धेरै सन्दरबजार नगरपालिकाले आगामी वर्षका लागि ७९ करोड ७५ लाख ८० हजार रुपैया बजेट ल्याएको छ ।

आसार ८ गते नै निति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निति कार्यक्रम र बजेट पारित गरेको नगरप्रमुख कृष्ण प्रसाद कोईरालाले बताए ।

नगरपालिकाले चालुतर्फ ६५ दशमलव ६ प्रतिशत अर्थात ५२ करोड ३२ लाख ८८ हजार रुपैया र पुँजीगत तर्फ २७ करोड ४२ लाख ९२ हजार अर्थात ३४ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९–८० को लागि ७५ करोड ५३ लाख तीन हजार रुपैया बजेट ल्याएको छ ।

आन्तरिक श्रोत तथा स्थानिय राजश्वबाट आठ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघ र प्रदेश समानिकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघ र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख अनुमान गरिएको छ ।

मध्यनेपाल नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ बरावरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ६७ करोड ८८ लाख नौ हजार रुपैयाँ बरावरको बजेट ल्याएको नगरपालिकाले आगामि वर्षका लागि ५ करोड बढी बजेट ल्याएको हो ।

राइनास नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५९ करोड ३९ लाख रुपैया प्रस्तावित बजेट पेश गरेको छ ।

गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका ५४ करोड ३९ लाख ४५ हजार नौसय ४२ रुपैया बरावरको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाको दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ५७ लाख ४६ हजार रुपैया बजेट प्रस्ताव गरेको सूचना अधिकारी धर्म गुरुङले बताए । यस्तै क्व्होलासोँथर गाउँपालिकाले ३५ करोड १८ हजार रुपैया बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत वजेटमध्ये चालु तर्फ २५ करोड ८४ लाख १० हजार र पुँजीगत तर्फ ९ करोड १६ लाख ८ हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुर्य गुरुङले वताए ।

जिल्लाको दुधपोखरी गाउँपालिकाले ३६ करोड ५१ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : २६ बजे

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी