रासायनिक मलको अभावका कारण किसान समस्यामा « Khabarhub

रासायनिक मलको अभावका कारण किसान समस्यामा


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा रोपाइँ सुरु भए पनि रासायनिक मलको अभावका कारण किसानलाई समस्या भएको छ । यहाँका किसानले मलबिना नै रोपाइँ गर्न बाध्य भएका छन् । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित भएका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रासायनिक मल पाएका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित भएका छन् । भारतबाट मल आयात नभएका कारण जिल्लामा मलको आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ ।

प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । निर्देशनालयका अनुसार जिल्लामा हालसम्म २५ प्रतिशत खेतमा मात्रै रोपाइँ भएको छ । रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी कर्णबहादुर कठायतले बताए ।

उनले भने, ‘खेती लगाउने बेलामा पनि मल पाइँदैन, अनि कसरी खेती सप्रिन्छ, खेती गरेर पनि खान नमिल्ने भयो ।’ वर्षात् सुरु भई यहाँका विभिन्न ठाउँमा धान रोपाइँ सुरु भएको छ । रोपाइँ गर्नका लागि अहिले यहाँका किसानलाई भ्याइनभ्याइ भएका बेला मल अभाव हुनु भनेको दुःखको कुरो भएको दिपायल पिपल्लाका अर्का स्थानीयवासी सुरजबहादुर विकले बताए । 

उनले भन्नुभयो, ‘अरु चिज दिन नसकेनी खेती लगाउने बेला मल त दिनुपर्छ नी, मल पनि दिन नसक्ने कमजोरी कसको ?’ जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मलको व्यवस्थापन नगर्दा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । रोपाइँ सुरु हुँदासमेत मल नपाएको र जेठ महिनामा रोपाइँ गरिएका खेतमा अहिलेसम्म मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान रामबहादुर दमाईँले बताए ।

जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ भने सुरु गरेका हुन् । केही दिनयता जिल्लामा वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका वरिष्ठ अधिकृत यज्ञराज जोशीले डोटीसहित समग्र सुदूरपश्चिममा रासायनिक मल अभाव भएकाले प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्न सुझाव दिएका छन्  ।

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : २८ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल