‘नारायणीलाई जीवन्त बनाउने छु’  « Khabarhub

‘नारायणीलाई जीवन्त बनाउने छु’ 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को घोषणा गरिएको छ । गत बिहिबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो । दिनेश राउत निर्देशित प्रसादको सिक्वेललाई भने सुदर्शन थापाले निर्देशन गर्नेछन् । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनय रहनेछ । प्रसादमा देखिएका निश्चल बस्नेत यसपटक फिल्ममा छैनन् । फिल्मका मुख्य पात्र बाबुराम र नारायणी सहरबाट गाउँ फर्किने र गाउँ फर्केपछि आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्ने लेखक सुशील पौडेलले बताए । 

यसपटक आफूहरूको क्यारेक्टर अझै  परिपक्व भएर दर्शक सामु आउँन लागेको नम्रताले बताइन । फिल्म नारायणीको भूमिका निर्वाह गर्ने नम्रताले फिल्मलाई लिएर उत्साहित रहेको बताइन । ‘यसपटक अर्पण दाइ पनि आउनु भएको छ । त्यसैले आफ्नो क्यारेक्टरमा जीवन्त बनाउन झनै मेहनत आवश्यक छ । प्रसाद हेरेर आफैँले औँल्याएको कमीकमजोरीले सिक्वेललाई राम्रो बनाउन मदत गर्ने छ’ उनले भनिन् । 

पछिल्लो समय आफू प्रसादको सिक्वेल र ग्रहण फिल्ममा काम गरिरहेकाले अन्य प्रोजेक्टलाई समय नदिएको समेत उनले बताइन । मैले  लकडाउन अगाडि नै प्रसाद २ गर्ने सेड्युल थियो । यद्यपि लकडाउनले सबै फेरबदल भयो । साथै , ग्रहणको लागि समेत एरियल योगाको प्रशिक्षण लिइरहेकाले अन्य प्रोजेक्टमा समय दिएकी छैन । मेरो एउटा प्रोजेक्टमा कुराकानी भइरहेको छ भने आफ्नै होम प्रोडक्सनबाट पनि एउटा फिल्म गर्दैछु नम्रताले भनिन् । उनले सिक्वेलमा निर्देशकको रुपमा सुदर्शन थापा आउँदा आफूहरूमा आएको परिपक्वताले काम गर्ने बताइन । 

‘मैले सुदर्शनजीसँग मेरो एउटा साथी छ मा काम गरेकी थिएँ । त्यस बेला हामी दुवै सिकाइकै क्रममा थियौँ । त्यतिबेलासम्मको यात्रामा संगालेको अनुभवले प्रसाद २ लाई फाइदा गर्नेमा विश्वस्त छु’ नम्रताले भनिन् । फिल्म तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ । फिल्मका प्रस्तुतकर्ता सुभाष थापा हुन् भने निर्माता केशव पाण्डे छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : २५ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको