आविष्कार केन्द्रलाई ‘जनकल्याण प्रतिभा पुरस्कार’ | Khabarhub Khabarhub

आविष्कार केन्द्रलाई ‘जनकल्याण प्रतिभा पुरस्कार’


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको ‘जनकल्याण प्रतिभा पुरस्कार’ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

थापाथली जनकल्याण परिवारको ३३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो पुरस्कार आविष्कारका अध्यक्ष महावीर पुनलाई प्रदान गरे ।

पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

त्यसैगरी रु २० हजार राशिको यस वर्षको ‘लीलाजङ्ग सिजापती जनकल्याण पुरस्कार’ समाजेवी भवानी कोइरालालाई प्रदान गरिएको छ । ‘युगनाथ जनकल्याण पुरस्कार’ मुस्कान सेवा नेपाललाई, ‘क्याप्टेन गोपालप्रसाद जनकल्याण पुरस्कार’ सङ्गीतकार रवि रानामगर र ‘स्व नन्दलाल जोशी जनकल्याण पुरस्कार’ समाजसेवी दिलबहादुर ओलीलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु १० हजार र रु सात हजार ५०० रहेको छ ।

समाजसेवी लाल तण्डुकारलाई रु पाँच हजार राशिसहित सम्मान गरिएको छ । जनकल्याणले विभिन्न विद्यालयमा अध्ययनरत करिब ३० विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्तिसमेत प्रदान गरेको छ ।

सोही अवसरमा मन्त्री रेग्मीले ज्येष्ठ नागरिकले आर्जन गरेको सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने र त्यसलाई नयाँ पुस्ताले सहजरूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : ३५ बजे

उपत्यकामा दिनभरी झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा आज दिनभरी जस्तै झरी

युवालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई

थाईल्यान्डमा ‘काजिकी’ तुफानको कहरः पाँच जनाको मृत्यु, सयौं प्रभावित

ब्याङ्कक – थाईल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो

इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी

सुनसरी– सुनसरीको सदरमुकास्थित इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष

राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर

काठमाडौँ– आफ्नै घरमा राखिएकी सहयोग महिलालाई बलात्कार गरेको आरोपमा जेल सजाय