आविष्कार केन्द्रलाई ‘जनकल्याण प्रतिभा पुरस्कार’ « Khabarhub

आविष्कार केन्द्रलाई ‘जनकल्याण प्रतिभा पुरस्कार’


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको ‘जनकल्याण प्रतिभा पुरस्कार’ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

थापाथली जनकल्याण परिवारको ३३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो पुरस्कार आविष्कारका अध्यक्ष महावीर पुनलाई प्रदान गरे ।

पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

त्यसैगरी रु २० हजार राशिको यस वर्षको ‘लीलाजङ्ग सिजापती जनकल्याण पुरस्कार’ समाजेवी भवानी कोइरालालाई प्रदान गरिएको छ । ‘युगनाथ जनकल्याण पुरस्कार’ मुस्कान सेवा नेपाललाई, ‘क्याप्टेन गोपालप्रसाद जनकल्याण पुरस्कार’ सङ्गीतकार रवि रानामगर र ‘स्व नन्दलाल जोशी जनकल्याण पुरस्कार’ समाजसेवी दिलबहादुर ओलीलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु १० हजार र रु सात हजार ५०० रहेको छ ।

समाजसेवी लाल तण्डुकारलाई रु पाँच हजार राशिसहित सम्मान गरिएको छ । जनकल्याणले विभिन्न विद्यालयमा अध्ययनरत करिब ३० विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्तिसमेत प्रदान गरेको छ ।

सोही अवसरमा मन्त्री रेग्मीले ज्येष्ठ नागरिकले आर्जन गरेको सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने र त्यसलाई नयाँ पुस्ताले सहजरूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : ३५ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार