विमानभित्र अकस्मात धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण « Khabarhub

विमानभित्र अकस्मात धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ ।

विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ ।

“विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्वीटरमार्फत जानकारी गराएको छ । केविनमा धुँवा भरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

विमानमा कति यात्रु थिए भन्नेबारे कम्पनीले जानकारी गराएको छैन तर विमान ‘सकुशल’ अवतरण गराइएको र यात्रुहरूलाई तत्काल अर्को उडानमार्फत् गन्तव्यमा पठाइएको उल्लेख गरिएको छ ।

यसै बर्षको जुनमा पनि भारतको पटनाबाट नयाँ दिल्लीका लागि १८५ यात्रुसहित उडेको स्पाइस जेटको विमानको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गराई यात्रुहरूलाई सुरक्षित विमानबाट निकालिएको थियो ।

मे महिनामा भारतमा नै अर्को एक विमानको ‘सफ्टवेयरमा आक्रमण गर्ने’ प्रयास भएको भन्दै निम्न भाडादर भएको स्पाइसजेट कम्पनीका विमानहरूको उडान अवरूद्ध भएको र यसका कारण हजारौँ हवाई यात्रुहरू विमानस्थलमा अलपत्र पर्नु परेको थियो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : १४ बजे

साताको कार्टुन – विरहको गीत

काठमाडौं – नेपाली कांग्रेसमा विशेष महाधिवेशन स्वीकार नगर्दा निवर्तमान सभापति

आजको मौसम पूर्वानुमान: तराईमा हुस्सुको समस्या अझै कायम

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय