किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित | Khabarhub Khabarhub

किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग–२०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका छन्।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन्। किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन्। यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो। चौंथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ। ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्‍यो। एक खेलमा हार बेहोर्‍यो।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो। दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ। यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ५६ बजे

नागरिक लागानी कोषले १३ प्रतिशत बोनस दिने 

काठमाडौं–नागरिक लागा नि कोषले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य

‘फरार श्रीमती’को बिदा माग्दै सांसद पोखरेलले पठाए विद्यालयलाई पत्र

काठमाडौं–सहकारी ठगी प्रकरणमा फरार भनिएकी श्रीमती अञ्जला कोइरालाको बिदा थप

वर्तमान सरकारसँग जनता सन्तुष्ट हुने ठाउँ छैन : डिला संग्रौला

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको

आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर धनीलाई १५ प्रतिशत

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ 

रौतहट – रौतहट स्थित चोरीको मोटरसाईकलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको