लागूऔषधसहित पाँच जना पक्राउ  « Khabarhub

 लागूऔषधसहित पाँच जना पक्राउ 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागूऔषध वनरेक्स ४८ बोतल सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका–८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित मधुवन नगरपालिका–५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङको जहदा गाउँपालिका–२ हरीनगराबाट करिब ३६ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुकेश गुरूङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई नेपालबाट भारततर्फ उक्त लागूऔषध लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १२ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन