डुबेर पाँच जनाको मृत्यु « Khabarhub

डुबेर पाँच जनाको मृत्यु


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । 

दाङको बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महाराजगन्ज घर भएकी १७ वर्षीया सुनिता बूढामगर रहेकी छन् । उनको सोमबार मृत्यु भएको हो । खोला तर्ने क्रममा बगाउँदा उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको खोजी गरेको थियो । सोही क्रममा घोराही उपमहानगरपालिका–१९ स्थित कटुवा खोलाको किनारमा उनको शव फेला पारेको हो । 

मोरङको विराटनगर महानगरपालिका–१९ स्थित ऋषिवन पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका आमबारी घर भएका ३० वर्षीय फुलसरा ऋषिदेवको सोमबार मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडी सुर्नाया गाउँपालिका–५ घर भएकी १८ वर्षीया जानकी मडैको सोमबार मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–७ कुपिण्डे बस्ने ५० वर्षीय बौवा चापागाईँको सोही ठाउँस्थित त्रियुगा खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।  मुर्कुची बजारबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला परेको हो । 

धनुषाको हंसपुर नगरपालिका–९ रूदौली बस्ने नरेश प्रसाद साहको छोरा ९ वर्षीय प्रशान्त कुमार साहको आफ्नै घर नजिक पानी जमेको खाल्डोमा डुबेर सोमबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १ : १३ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री