मधेस प्रदेशमा पहिलो पटक औद्योगिक सम्मेलन « Khabarhub

मधेस प्रदेशमा पहिलो पटक औद्योगिक सम्मेलन


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रदेश सरकार स्थापनापछि पहिलो पटक मधेस प्रदेशको औद्योगिक सम्मेलन आयोजना गरिएको छ  ।  सीप परियोजनाको सहकार्यमा बारामा आयोजित सम्मेलनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, बेलायती राजदूत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउतसहित प्रदेशका करिब सयजना उद्योगपतिको सहभागिता रहेको छ ।

बुधबारसम्म चल्ने सम्मेलनमा आर्थिक वृद्धिका लागि आगामी दिनमा चाल्नुपर्ने कदमहरूबारे समूहगत तथा सामूहिक छलफल गरिने जनाइएको छ । सम्मेलनमा आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र अगामी सुधारका कार्यहरूबारे छलफल गरिने भएको छ ।    सम्मेलनमा प्रदेशलाई  रोजगार गराउनाका साथै आर्थिक वृद्धिमा योगदान पुर्‍याउने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ ।

पुरस्कृत हुने उद्योगहरूमा त्रिवेणी स्पिनिङ, जय स्पिनिङ, एन पी ड्रग्स, गणपति वनस्पति, अन्नपूर्ण भेजिटेबल, नारायणी भेजिटेबल, सूर्या नेपाल, डाबर नेपाल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट, निम्बस ग्रुप, इन्दुशङ्कर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, ओम शिव  पेज, हुलास स्टिल, शिवशक्ति म्यानुफेक्चरिङ, आरसी ब्याट्री, महालक्ष्मी सोलमेन्ट एन्ड रिफाइनरी, वर्डलिङ्क, इन्टरनेट मार्केटिङ टुडे, जानकी टेक्नोलोजी, सालिमार ग्रुप र जगदम्बा सिमेन्ट रहेका छन् ।

 रोजगारी, सर्वोत्कृष्ट कर, कृषि र प्रविधिको क्षेत्रमा योगदान  पुर्‍याएका ती उद्योगहरूलाई पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री राउतले आर्थिक समृद्धिका साथै बेरोजगारी समस्या समाधानमा उद्योग क्षेत्रको योगदान महत्वपूर्ण रहेको  बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : १० बजे

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय