वर्षाका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा  « Khabarhub

 वर्षाका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । 

अवरुद्ध  सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  

सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : २३ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण