पहिरोपीडितलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग « Khabarhub

पहिरोपीडितलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गरे । म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा रहेको बताउँदै उनले ती बस्तीलाई अन्यत्र स्थानान्तर गर्नसमेत माग गरे ।

सांसद रामबहादुर विष्टले अछाम जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिरोपीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरे । महेन्द्रकुमारी लिम्बूले प्रदेश १ को खोटाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर यही साउन १५ गते गएको भूकम्पका कारण भौतिक क्षति भएको बताउँदै उचित राहत र क्षतिपूर्तिको माग गरे । सांसद महेश बस्नेतले मुलुकमा महँगी, भ्रष्टाचार, हत्या, हिंसाका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्थित नेपाल चक्रवर्ती हवी कलेजमा शुल्क वृद्धिको विरोधमा गरिएको धर्नाका क्रममा नेपाल विद्यार्थी सङ्घका नेताहरूमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको भन्दै आपत्ति जनाए । सांसदद्वय रङ्गमती शाही र मीना सुब्बाले सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबीच विभेद गर्न नहुने भन्दै शिक्षामा सबै विद्यार्थीको समान पहुँचको माग गरे । सांसद मोहन बाँनियाले कर्णाली करिडोरलाई द्रूत गतिमा अगाडि बढाउन आग्रह गरे । सांसद मोहनप्रसाद पाण्डेले पाल्पाका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

 सांसद यशोधा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराए । सांसद रामवीर मानन्धरले संसद्मा शून्य समयमा सांसदहरुले बोलेका विषय कार्यान्वयन हुनुपर्छ भने । सांसद रेणुका गुरुङले आफूमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारसँग सुरक्षाको माग गरे । 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : ३८ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न