विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको आपत्ति « Khabarhub

विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको आपत्ति


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरूलाई थप कारबाही गर्ने खबर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारबाही फिर्ता लिन माग गरेका हुन् ।

केपी ओलीको सरकारले विद्रोह गरेको नेकपालाई सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र उक्त सहमति पालना हुनुपर्नेमा जोड दिए । उनले कारबाहीको नाममा विप्लव समूहलाई पुनः हिंसामा जान दिन नहुने बताए। भट्टराईले तत्काल नेकपाका नेताहरूमाथिको कारबाही गर्ने कामबाट तत्काल पछि हट्न र उनीहरूलाई काटेको पक्राउ पुर्जी फिर्ता लिन माग गरे।

त्यस्तै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारसँग गरेको सहमति कार्यान्वयन गर्दै विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिनुपर्ने बताए।

यसअघि बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद यसोदा गुरुङ सुवेदील विप्लव नेतृत्वको नेकपाका नेताहरूप्रति वारेन्ट जारी गरिएकोमा आपत्ति जनाउँदै सरकारसँग भएको सहमति कार्यान्वयन नभएको बताइन्।

जिल्ला अदालत ललितपुरले पुराना घटनाका सम्बन्धमा विप्लव लगायत नेताहरूमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ०१ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण