‘गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो’ « Khabarhub

‘गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो’


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेकोभन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास भएको बताएका हुन् ।

संविधानको धारा २६९ अनुसार समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुन निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै रावलले तर, यस व्यवस्था विपरीत गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको बताए ।

यसको उदाहरणका रूपमा उनले दलहरू बीचको चुनावी तालमेललाई प्रस्तुत गरे ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : २५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको