नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट « Khabarhub

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७६ अङ्कले ओरालो लागेर दुई हजार १९३.४८ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ओरालो लागेर ४२१.१३ मा ओर्लेको छ ।

कूल २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर रु तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य भने गिरावट भएको छ ।

व्यापार ४३.४२, जलविद्युत् २८.२९, वित्त २४.२८, उत्पादन ०.९२, लघुवित्त ४१.६६ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेका छन् । यस्तै, बैंकिङ ६.२६, होटल तथा पर्यटन २८.३२, विकास बैंक २२.३५, निर्जीवन बीमा ७.६६, अन्य १७.३१, जीवन बीमा ६२.६३ र लगानी ०.४४ अङ्कले ओरालो लागे ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ३२ अर्ब १६ करोड ५० लाख ६५ हजार ९६० बराबर रहेको छ । कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २९ करोड ३२ लाख २७ हजार १५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु नौ करोड ९५ लाख ४३ हजार ७२५, फरवार्ड माइक्रो फाइनान्स रु नौ करोड २४ लाख ७३ हजार १५३, गुडविल फाइनान्स रु नौ करोड चार लाख ३० हजार ८३६ र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु सात करोड ६० लाख नौ हजार बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार विन्दबासिनी हाइड्रोपावर ९.९९, समालिङ पावर कम्पनी ९.९८, हिमाल दोलखा हाइड्रोपावर ९.९७, रिभर फल्स पावर ८.५३, फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्त ४.२४, गुडविल फाइनान्सको ऋणपत्र ३.९५, किसान लघुवित्त ३.९०, गणपति लघुवित्त ३.६४ र सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ३.३८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ४३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क