निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ : भीमार्जुन आचार्य  « Khabarhub

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ : भीमार्जुन आचार्य 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद् स्वतः भंग हुने बताएका छन् ।

आचार्यले आज सामाजिक सञ्जाल ट्विटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद् विघटन गरिराख्नु नपर्ने  समेत जनाएका छन् ।

‘प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हो । कार्यकाल सकिनुअघि अर्थात् मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानविद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्दैन ।’

संसद् नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् ।

‘स्थापित मान्यताको कदर गरौँ,अति नगरौँ,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ६ : ०४ बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया