अखिल क्रान्तिकारी विवाद : प्रचण्डले गरे दुवै पक्षसँग छलफल « Khabarhub

अखिल क्रान्तिकारी विवाद : प्रचण्डले गरे दुवै पक्षसँग छलफल


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् ।

पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए ।

संगठनमा विवाद लामोसम्म राख्नु नहुने भन्दै प्रचण्डले यसबारेमा स्थायी कमिटीले केही निर्णय गर्ने बताएको कार्कीको भनाइ छ । प्रचण्डले पदाधिकारी चयनमा केही कमजोरी भएको स्वीकार गर्दै सुधारेर जानेबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ३५ बजे

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु

एजेन्सी– नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धनकुटाको भेडेटार : अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको भीड (तस्बिरहरू)

काठमाडौं– पूर्वी नेपालको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अङ्ग्रेजी नयाँ वर्ष

साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले