चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण « Khabarhub

चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यसका लागि सुरक्षा निकायलाई पर्याप्त सवारी साधनको खाँचो रहेको उल्लेख गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरुको बैठकमा मन्त्री खाणले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी साधन भाडामा लिएर भएपनि सुरक्षाको जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सवारी साधनको व्यापक परिचालन आवश्यक पर्नेमा जोड दिए ।

मुलुकभरका अधिकांश कारागार भवन जिर्ण भएका र क्षमताभन्दा बढी कैदी राखिने गरेको जानकारी गराउँदै मन्त्री खाणले निर्माणाधीन भवनको काम यथाशीघ्र सम्पन्न गर्न शहरी विकास मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिए ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ३६ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री