अबदेखि कतार प्रवेश गर्ने यात्रुले क्वारेनटाइन बस्नुनपर्ने  « Khabarhub

अबदेखि कतार प्रवेश गर्ने यात्रुले क्वारेनटाइन बस्नुनपर्ने 



दोहा – फिफा विश्वकप नजिकिएसँगै कतारले आइतबार (सेप्टेम्बर ४) देखि कतार आउने नयाँ यात्रु तथा सबै पर्यटकलाई होटेल क्वारेनटाइनको नियम हटाएको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार उडानभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गरिएको रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र वा २४ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएको र्‍यापिड एन्टिजेन टेस्ट (आरएटी) साथमा ल्याउनु पर्नेछ ।

यसरी कतार प्रवेश गर्ने यात्रु तथा पर्यटकहरूले यहाँ आइसकेपछि कतार प्राइमरी हेल्थ केयर कर्पोरेशन हेल्थ सेन्टर वा जनस्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको निजी मेडिकल सेन्टरमा २४ घण्टाभित्र र्‍यापिड एन्टिजेन टेस्ट  (आरएटी)  गराउनु पर्नेछ ।

यदि यात्रुहरूमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको खण्डमा कतारको नियम अनुसार अलग्गै क्वारेनटाइन बस्नुपर्ने मन्त्रालयले जनाएको छ ।

दोहास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कतारका बासिन्दाबाहेक अन्य यात्रुले कतार प्रवेश गर्नु पहिले www.ehteraz.gov.qa वेभसाइटमा अनिवार्य रुपमा Register गरी कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अपलोड गर्नुपर्ने छ।

यसअघि कतार प्रवेश गर्ने नयाँ तथा सबै पर्यटकले २४ घण्टा होटेल क्वारेनटाइन बस्नुपर्ने नियम थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल