अबदेखि कतार प्रवेश गर्ने यात्रुले क्वारेनटाइन बस्नुनपर्ने  | Khabarhub Khabarhub

अबदेखि कतार प्रवेश गर्ने यात्रुले क्वारेनटाइन बस्नुनपर्ने 



दोहा – फिफा विश्वकप नजिकिएसँगै कतारले आइतबार (सेप्टेम्बर ४) देखि कतार आउने नयाँ यात्रु तथा सबै पर्यटकलाई होटेल क्वारेनटाइनको नियम हटाएको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार उडानभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गरिएको रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र वा २४ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएको र्‍यापिड एन्टिजेन टेस्ट (आरएटी) साथमा ल्याउनु पर्नेछ ।

यसरी कतार प्रवेश गर्ने यात्रु तथा पर्यटकहरूले यहाँ आइसकेपछि कतार प्राइमरी हेल्थ केयर कर्पोरेशन हेल्थ सेन्टर वा जनस्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको निजी मेडिकल सेन्टरमा २४ घण्टाभित्र र्‍यापिड एन्टिजेन टेस्ट  (आरएटी)  गराउनु पर्नेछ ।

यदि यात्रुहरूमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको खण्डमा कतारको नियम अनुसार अलग्गै क्वारेनटाइन बस्नुपर्ने मन्त्रालयले जनाएको छ ।

दोहास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कतारका बासिन्दाबाहेक अन्य यात्रुले कतार प्रवेश गर्नु पहिले www.ehteraz.gov.qa वेभसाइटमा अनिवार्य रुपमा Register गरी कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अपलोड गर्नुपर्ने छ।

यसअघि कतार प्रवेश गर्ने नयाँ तथा सबै पर्यटकले २४ घण्टा होटेल क्वारेनटाइन बस्नुपर्ने नियम थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ४६ बजे

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

लस एन्जलस – स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर – विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ

सुनसरी– साइकलको सिटमुनि राखेर भारतबाट लागुऔधष ल्याउँदै गरेको अवस्थामा सशस्त्र

धरौटीमा छाडेको अदालतले देखेका रवि कसुरदार हुन सक्ने पाँच आधार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा