तेह्रथुममा एक वर्षमा ४ सय ५७ मेट्रिक टन अकबरे उत्पादन « Khabarhub

तेह्रथुममा एक वर्षमा ४ सय ५७ मेट्रिक टन अकबरे उत्पादन


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- अकबरे खेतीलाई पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदे बालीको रूपमा लिन थालेका छन् । अकबरेतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

आर्थिक वर्ष २०७८-०७९ मा तेह्रथुम जिल्ला चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा २८ हेक्टर क्षेत्रफलमा तीन सय ८० मेट्रिक टन अकबरे उत्पादन भएको सूचना अधिकारी सुरज खनालले जानकारी दिए । परम्परागत खेतीबाट श्रम र मेहनत नै उठ्न छाडेपछि किसानहरू नगदबालीतर्फ आकर्षित बन्दै आएका छन् ।

थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने भएकाले पनि अकबरे खेती गर्दै आएको स्थानीय रमेश खड्काले बताए । जिल्लाको विशेष गरी छथर गाउँपालिका अकबरे खेतीको पकेट क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छथर गाउँपालिकामा अकबरे पकेट क्षेत्रको रूपमा विकास गरी खेतीलाई विस्तार गरिएको छ । स्थानीय बजारमा नै बिक्री हुने र राम्रो मूल्य हुँदा व्यापारीहरूले घरैबाट लैजाने गरेकाले पनि कृषकहरू अकबरे खेतीतर्फ हौसिएका हुन् ।

यहाँका किसानले एक रोपनीदेखि पाँच रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन्। अकबरे गाउँको मुख्य बजार केन्द्रहरूमा बिक्री हुने गरेको छ भने व्यापारीले पूर्वी तराईका विभिन्न जिल्लामा निर्यात गर्दै आएका छन् । पहिलो सिजनमा चार सय रुपैयाँसम्म मूल्य पाएको अकबरे अहिले भने बजारमा एक सय ५० रुपैयाँ प्रतिकिलो मात्रै बिक्री हुँदै आएको किसानहरू बताउँछन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ११ : ५८ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२