नवौँ राष्ट्रिय खेलकुद : कञ्चनपुरबाट ४४८ खेलाडी छनोट « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : कञ्चनपुरबाट ४४८ खेलाडी छनोट


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती  खेलाडी छनोट भएको बताए । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् । सुदूरपश्चिमले आगामी राष्ट्रिय प्रतियोगितामा ३१ खेलमा प्रतिस्पर्धाका लागि तयारी गरेको बुझिएको छ ।

जिल्लामा एक सय ९२ महिला र दुई सय ५६ पुरुष खेलाडी छनोट भएका छन् । समितिले अहिले छनोटमा परेका खेलाडीलाई हप्ता दश दिन बन्द प्रशिक्षणमा राख्ने विषयमा गृहकार्य गरिरहेको छ । ‘बन्द प्रशिक्षणमा खेलाडीलाई डाइड र बसोबासका लागि हामीलाई रकम अभाव छ ।’ उनले भने, ‘त्यसको व्यवस्थापनका लागि हामी स्थानीय तहसित समन्वय गरिरहेका छौँ ।’

बन्द प्रशिक्षण सञ्जालनका लागि रु अढाइदेखि तीन लाख खर्च हुने अनुमान गरिएको छ । कञ्चनपुरले कुस्ती, हक्की, कबड्डी, भारोत्तोलन, कराँते, तेक्वान्दो, बक्सिङलगायतका खेलमा खेलाडीले राष्ट्रियस्तरमै पदक दिलाउने आशा गरेको छ।

त्यसैगरी आफूसित उपलब्ध भएका खेलकुद संरचना भएका खेलको प्रदेश छनोट कञ्चनपुरमै हुनुपर्ने खेलकुद विकास समितिले माग गरेको छ । ‘फुटबल, भलिबल, कबड्डी बक्सिङ, कुस्तीलगायत दश खेलको प्रदेश छनोट यतै गर्न प्रदेश खेलकुद परिषद्सँग माग गरेका छौँ ।’ कार्यालय प्रमुख भट्टले भने,  ‘नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट सहभागी खेलाडीमध्ये सबैभन्दा बढी कञ्चनपुरले पदक ल्याउनेमा हामी ढुक्क छौँ ।’

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : ०५ बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष