गण्डकीमा प्राविधिक शिक्षालयको लागि कोइकाले सहयोग गर्ने « Khabarhub

गण्डकीमा प्राविधिक शिक्षालयको लागि कोइकाले सहयोग गर्ने


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण – कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) ले गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि सहयोग गर्ने भएको छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका नेपालका देशीय निर्देशक सङहुन घोले उक्त प्रतिबद्धता जनाएका हुन् ।  

प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दैछ । प्रदेशभित्र आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका प्रदेशले गण्डकी प्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको हो । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा एक सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ । 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले दक्षिण कोरियासँग नेपालको पुरानो सम्बन्ध रहेको जानकारी दिए । गण्डकीमा प्राविधिक शिक्षाका लागि कोइकाले चासो देखाएको प्रति उनले आभार व्यक्त गरे । प्रदेश सरकारको परिकल्पनालाई साकार पार्न दक्षिण कोरियाले देखाएको चासो प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

सो अवसरमा कोइकाका देशीय निर्देशक सङहुनले पर्यटकीय नगरी पोखरामा कोरिया सरकारले लगानी गर्न इच्छुक रहेको बताए । उनले भने, ‘गण्डकी प्रदेशका युवालाई रोजगारमा आबद्ध गराउन प्राविधिक शिक्षाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने हाम्रो मुख्य चासो हो ।’ सुरुआती अवस्थामा युरोपेली मुलुकले कोरियामा प्राविधिक सीप सिकाएको र त्यसैको जगबाट अहिलेको अवस्थामा आइपुगेको स्मरण गरे । त्यहीअनुसार गण्डकी प्रदेशमा सहयोग गर्न लागिएको उनले बताए ।

प्रदेश सरकारले अगाडि सारेको परियोजनाको प्रारम्भिक प्रस्तावबाट आफू निकै प्रभावित भएको उनले बताए । उनले संरचना बनाइसकेपछि सरकारले कसरी सञ्चालन गर्छ भन्ने मुख्य चासोका विषय रहेको बताए । कोरिया सरकारले लगानी गर्ने परियोजनाको महत्वपूर्ण पक्ष दिगोपना रहेको उनको भनाइ थियो । 

यस वर्षको अन्तिममा कोइकाको मुख्यालयमा यो परियोजनाको प्रस्ताव पठाएपछि प्रारम्भिक अध्ययनका लागि कोरियाबाटै टोली आउने उनले जानकारी दिए । यसका लागि चारदेखि पाँच जनाको विज्ञ टोलीले सबै पक्षसँग भेटेर अध्ययन गर्नेछ । कोरियाको नगद अनुदान मात्रभन्दा पनि प्राविधिक सहयोगमा बढी ध्यान केन्द्रित गर्नेछ । यसले परियोजना बढी प्रभावकारी हुने दाबी उनको छ ।

परियोजनाका बारेमा गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले विस्तृत जानकारी गराएका थिए । प्रदेशका लागि आवश्यकपर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारमा सरकारले सहयोगको अपेक्षा गरेको उनले जानकारी दिए । 

प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ । कोइकाले पोखराको फोहर व्यवस्थापनका लागि पनि काम गर्दैछ । खासगरी नकुहिने फोहरको व्यवस्थापनका लागि युएनडिपीलगायतका दातृ निकायसँग सहकार्य गरिएको छ । पोखराको सार्वजनिक यातायात व्यवस्थित बनाउनका लागि पनि कोरिया सरकारले विशेष चासो दिएको छ । 

 

 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : १५ बजे

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको