विपद् व्यवस्थापनमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ : गृहमन्त्री « Khabarhub

विपद् व्यवस्थापनमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ : गृहमन्त्री


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले विपद् व्यवस्थापनका सन्दर्भमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार रकम खर्च गर्नुपर्ने बताएका हुन्। विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए।

उनले गत वर्ष विभिन्न भूभागमा बाढी र पहिरोले क्षति गरेको र यस वर्ष पनि केही भूभागमा क्षति पुगेकाले केन्द्रले नै समन्वयन गर्नुपर्ने धारणा राखे। सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भई नसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

बैठकमा पाँचथर, उदयपुर, गोरखा, डडेलधुरा, बझाङ्ग लगायत अन्य जिल्लामा मनसुनजन्य विपद्वाट क्षतिग्रस्त भएका अत्यावश्यक संरचनाहरूको तत्का पुन निर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भएको थियो भने खोटाङ र लमजुङ जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवासहरूको पुन निर्माण सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ५९ बजे

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे