बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त « Khabarhub

बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। 

सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेँसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए।

डुम्रे बेँसीसहर चामे सडक परियोजनाका प्रमुख अच्युतविलास पन्तले अवरुद्ध सडक खुलाउन पटक पटक प्रयास गरिएपनि सफल हुन नसकेको बताए। 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ५८ बजे

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा