स्वदेशमै बनेको भारतको पहिलो लडाकु विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ नौसेनामा प्रवेश « Khabarhub

स्वदेशमै बनेको भारतको पहिलो लडाकु विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ नौसेनामा प्रवेश


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमा नै निर्मित भारतको पहिलो लडाकु विमानवाहक युद्धपोतलाई भारतीय नौसेनामा औपचारिक प्रवेश गराएका छन् ।

१७ वर्ष लामो निर्माण एवम् परीक्षणपछि प्रधानमन्त्री मोदीले शुक्रबार भारतमै निर्मित लडाकु विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ लाई नौसेनामा औपचारिक रुपमै तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतको दक्षिणी राज्य केरलास्थित राज्य सञ्चालित बन्दरगाहमा आयोजित एक कार्यक्रममार्फत् मोदीले आईएनएस विक्रान्तलाई नौसेनामा औपचारिक तैनाथ गरेका हुन् । यो भारतको दोस्रो लडाकु विमानवाहक युद्धपोत रहेको जनाइएको छ ।

यसअघि भारतले रुससँग आईएनएस विक्रमादित्य नामक लडाकु विमानवाहक युद्धपोत खरिद गरेको थियो ।

‘आज भारत ती मुलुकहरुको सूचीमा समावेश भएको छ, जसले आफ्नै प्रविधिको प्रयोग गरी यस्तो विशाल लडाकु विमानवाहक निर्माण गर्न सफल भएका छन् ।’ मोदीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘यो घरेलु क्षमता, घरेलु स्रोत र घरेलु सीपको पहिचान हो ।’

हालै नौसेनामा तैनाथ गरिएको यस युद्धपोतमा १६ सय नौसैनिक एवम् ३० लडाकु विमान बोक्न सक्ने क्षमता रहेको जनाइएको छ ।

प्रारम्भीक चरणमा यस युद्धपोतमा रुसमा डिजाइन गरिएको मिग–२९ के लडाकु विमान रहने रोयटर्सले जनाएको छ । आईएनएस विक्रमादित्यमा पनि यस्तै लडाकु विमानको प्रयोग हुँदै आएको छ ।

यद्यपि अमेरिकी रक्षा कम्पनी बोइङ र फ्रान्सेली डासटले पनि यस लडाकु विमानवाहक युद्धपोतका लागि २ दर्जनभन्दा धेरै लडाकु विमान उपलब्ध गराउनेबारे विचार गरिरहेको बताइएको छ ।

भारत विश्वकै सबैभन्दा महत्वपूर्ण हतियार आयातकर्ता मुलुक हो । रोयटर्सका अनुसार भारतले सन् २०१८ देखि सन् २०२१ सम्म १२ अर्ब ४० करोड अमेरिकी डलर बराबरको हतियार आयात गरेको थियो ।

यद्यपि पछिल्लो समय भारत स्वदेशमा नै यस्ता हतियार उत्पादन गर्ने प्रक्रियामा रहेको बताइन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ४ : ४६ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर