अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा « Khabarhub

अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– बिहीबारदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा भासिएको सडक मर्मतपश्चात् अहिले एकतर्फी रूपमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा बिहीबार दिउँसोदेखि सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माणपश्चात् केही समय एकतर्फी चलेको सडक अविरल वर्षाका कारण पुनः अवरुद्ध भएको थियो । आज अपरान्हदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

हिउँदेखोला क्षेत्रमा करिब ४० मिटर जमिनसहित सडक भासिएर बिहीबारदेखि नै राजमार्ग ठप्प बनेको हो । पहिरो खसिरहेकाले यस क्षेत्रमा जोखिम बढेको छ । सडक खुल्न थालेपछि बीच बाटोमै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । यही सडक भएर बुटवल, भैरहवा, पोखरा, गुल्मी, स्याङ्जा, पाल्पालगायत जिल्लामा सवारी साधन गुड्ने गर्दछन् । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ३१ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले