आक्रमणकारीले चलाएको बन्दुकबाट गोली ननिस्केपछि अर्जेन्टिनी उपराष्ट्रपतिमाथिको हत्याप्रयास विफल « Khabarhub

आक्रमणकारीले चलाएको बन्दुकबाट गोली ननिस्केपछि अर्जेन्टिनी उपराष्ट्रपतिमाथिको हत्याप्रयास विफल


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरमाथिको हत्याप्रयास असफल भएको छ ।

बन्दुकधारीले प्रहार गर्न खोजेको बन्दुकबाट गोली ननिस्किएपछि उनमाथिको हत्याप्रयास विफल भएको हो ।

सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा समर्थकहरुका साथ रहेकी उनको नजिकैबाट उनीमाथि कसैले बन्दुक तेस्र्याएजस्तो देखिन्छ ।
उनी अदालतबाट घर फर्कनेक्रममा घटना भएको बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति समेत रहेकी उनीमाथि भ्रष्टाचारको अभियोग लागेको छ । यद्यपि सन् २००७ देखि सन् २०१५ सम्म मुलुकको राष्ट्रपतिको रुपमा काम गरेकी उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बन्दुकधारी ३५ वर्षे ब्रजिलियन नागरिक रहेको बताइएको छ ।

प्रहरीले हत्याप्रयासको उद्देश्यबारे हालसम्म स्पष्ट नभइसकेको जनाएको छ ।

राष्ट्रपति अल्बेर्टो फर्नान्डेजले बन्दुकमा पाँच गोली लोड गरिएको र बन्दुकधारीले ट्रिगर दबाएपनि बन्दुकबाट गोली भने ननिस्किएको जनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ५७ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी