राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक हुने « Khabarhub

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक हुने


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुने भएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्यांक प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्यांक प्रशोधनको काम ९५ प्रतिशत सकिएको र अब बागमती प्रदेशको भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र रहेको जानकारी दिए । 

विभागले तथ्यांक प्रशोधनका क्रममा १२ कक्षा उत्तीर्ण गरी कम्तीमा तीन महिना कम्प्युटर तालिम लिएका ४०० नेपाली नागरिकलाई नियुक्त गरी गत चैत महिनादेखि काम गर्दै आएको छ । प्रत्येक सिफ्टमा २०० जनाका दरले हरेक दिन बिहान ६ः३० बजेदेखि दिउँसो १२ः३० बजेसम्म छ घण्टा र त्यसपछि बेलुका ६ः३० बजेसम्म प्रशोधनको काम विभागको केन्द्रीय कार्यालय, थापाथलीमा भइरहेको छ । पहिलोपटक यसरी विभागमा भएको प्रशोधनको काम आगामी असोज महिनामा सम्पन्न हुनेछ ।

यसअघि गणक र सुपरभाइजरको भूमिका निर्वाह गरेका अनुभवी व्यक्तिलाई प्रशोधन प्रक्रियामा प्राथमिकता दिइएको जानकारी दिँदै निर्देशक लामिछानेले प्रशोधन कार्यमा खटिने जनशक्तिलाई कम्प्युटरमा एक अंक प्रविष्ट गरेबापत तीन पैसाका दरले पारिश्रमिक दिने गरेको बताए । विभागको प्रत्यक्ष निगरानीमा प्रशोधनकार्य भइरहेको र कम्प्युटर छिटो चलाउने प्रशोधनकर्ताले महिनामा रु ५० हजारसम्म पारिश्रमिक बुझ्ने गरेको विभागले जनाएको छ । 

राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ आवश्यक छानविन गरी मतगणना प्रक्रियालाई अन्तिमरूप दिन विभाग लागिपरेको छ ।  

राष्ट्रिय योजना आयोगका सचिवको अध्यक्षतामा जात, जाति, धर्म, समुदायसम्बद्ध संवैधानिक आयोगसहित संघीय  मामिला तथा स्थानीय विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सदस्य रहने समितिले उजुरी/निवेदनका बारेमा छानविन गरी निर्णय गर्ने कानूनी व्यवस्था रहेको निर्देशक लामिछानेले जानकारी दिए । उक्त प्रक्रिया पूरा भएपछि जारी राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा विभागले सार्वजनिक गर्नेछ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : ०१ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले