टीकापुरमा लागूऔषधका ७० मुद्दा दर्ता « Khabarhub

टीकापुरमा लागूऔषधका ७० मुद्दा दर्ता


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

टीकापुर– इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागूऔषध दुर्व्यसनीका ७० मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले टीकापुरमा दुर्व्यसनीको सङ्ख्या बढ्न थालेको बताए । दुर्व्यसनी बढ्न थालेपछि टीकापुरको शान्ति र सुरक्षामा समेत समस्या आएपछि  शनिबार टिकापुरास्थित संवाद समूहले सरोकारवालासँग छलफल थियो । छलफलमा उनले ७० वटा मुद्दा दर्ता भएको र दुर्व्यसनीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता गरे । प्रहरी प्रमुख शाहीले कैलालीको ८५ किलोमिटर सीमा खुला भएका कारण भारतबाट लागूपदार्थ सहजरूपमा भित्रने गरेको बताए ।

‘खुला नाका छ, सवारी साधन जाँचमा कडाइ गरेका छौँ, लागु पदार्थ सेवनकर्तालाई पुनःस्थापना केन्द्रमा पठाउने गरेका छौँ’, उनले भने, ‘लागुऔषधको प्रयोग बढ्दै जाँदा चोरीका घटना वृद्धि भएको छ ।’ ‘भारतमा दुई हजारदेखि दुई सयदेखि रु दुई हजार चार सय  प्रतिग्राम पाइने ब्राउन सुगर नेपालमा ८ हजार देखि २० हजार पर्छ’, पुनःस्थापना केन्द्र सञ्चालक कल्पेश कुँवरले भने, ‘कतिपय प्रयोगकर्ता वितरक हुने गरेका छन् ।’ स्थानीय सरकारले लागूऔषध नियन्त्रणका बारेमा खासै चासो नदिएको उनको भनाइ थियो । अर्का सञ्चालक उपेन्द्र बटालाले तीन महिना पुनःस्थापना केन्द्रबाट उपचार लिएपछि बेरोजगार बस्नुपर्दा कुलतबाट बाहिर आउन नसकेको घटना पाएका छौँ भने । ‘दुव्र्यसनीलाई कुलतबाट टाढा राख्न शारीरिक, मानसिक र आध्यात्मिक परिवर्तन आवश्यक पर्छ’, उनले भने, ‘अभिभावक सचेत नहुँदा घटना लुकाउने र उल्टो संरक्षण गर्न लाग्ने गरेको पाइन्छ ।’

यसैगरी अर्का सञ्चालक सौरभ रावलले लागूऔषध नियन्त्रणका लागि प्रत्येक अभिभावक सचेत हुन जरुरी छ भने । ‘लागूऔषध प्रयोग गरेपछि कस्तो व्यवहार देखाउँछ भन्ने बारेमा प्रत्येक अभिभावकले बुझ्न जरुरी छ’, उनले जोड दिए , ‘पुनःस्थापना केन्द्रले तीन महिना खान नदिने मात्र हो, त्यसपछि अभिभावकको हातमा हुन्छ ।’ टिकापुरास्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सेनाले सामुदायिक सेवा केन्द्रले दुर्व्यसनी रोक्न चेतनामूलक कार्यक्रम गरिरहेको बताए । उनले टीकापुरमा मात्र ४३ वटा टोल समिति बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका बारेमा काम गरिरहेको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति दत्तबहादुर विष्टले दुर्व्यसनी कम गर्ने सवालमा अभिभावकको भूमिका नै महत्वपूर्ण भएकाले अभिभावक सचेत हुनुपर्छ भने । नेपाली कांग्रेसका नगरसभापति नरेशकुमार खत्री, नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्री, नेकपा समाजवादीका जिल्ला सदस्य जगदीश्वर पण्डित, संवाद समूहका सदस्य भुवनेश्वर अधिकारीलगायतले लागूऔषध नियन्त्रणमा सबैले इमानदारीपूर्वक भूमिका  निर्वाहगर्नुपर्नेमा जोड दिए ।     

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : २३ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा