निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह | Khabarhub Khabarhub

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनीतिक दलहरूको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह गरेका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भैरहवामा मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गर्दै उनले आगामी ५ वर्षका लागि भाग्य निर्धारण गरी नेतृत्व गर्नका लागि पठाउने अवसर भएकोले कस्तो खालको चुनाव गराउने भूमिका र जिम्मेवारी राजनीतिक दलहरूको रहेको उनले बताए ।

 शान्त, मर्यादित वा खलबल गर्ने गरी चुनाव मनाउने जिम्मा मूलरूपमा उम्मेदवार र पार्टीकै हो । ‘निर्वाचन गराउनै पर्छ यसको मापदण्ड र दायरा छ दायरा भन्न बाहिर जानेलाई कानुनले नछोड्ने बताउँदै स्वच्छ र भयरहित निर्वाचन गराउन सहयोगको अपेक्षा रहेको छ’– मुख्य निर्वाचन अधिकृत कोइरालो भने ।

 निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम निर्धारित मितिमै सम्पन्न भएकोले चाडपर्वको बेला कार्यालय उद्घाटन गर्नु परेको बताउँदै उनले आजको मितिले आगामी २० गते सम्म कार्यालय स्थापना हुने छ । जिल्लामा निर्वाचनको विषयमा सुरक्षा र प्रशासनको समन्वय गर्नु पर्छ , प्रजिअसँगको समन्वयमा ५ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । अरु निर्वाचनका कार्यक्रम क्रमश जानकारी गराउँदै २३ गते मनोनयन गर्ने कार्यक्रम रहेको उनले बताए  । मनोनयन दर्ताको लागि समयको तयारी, आचारसंहिता, निर्देशिका र नियमहरूको विषयमा असोज २१ गते सर्वदलीय बैठक बस्ने उनले भने । सुरक्षित, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले भने ।

रूपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगर लुम्बिनी बौद्ध विश्वविद्यालय डिनको कार्यालयमा , क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को बलामन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउँपालिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको निर्वाचन कार्यालय रूपन्देहीका निर्वाचन अधिकारी भण्डारीले भने । 

प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदानको अघि, मतदानको दिन र मतदान पछिको कार्यक्रमका लागि सुरक्षा प्रदान गर्न विशेष सुरक्षा योजना स्वीकृत गरिएको बताए । आचारसंहिता लागू भइसकेकोले यसको पूर्ण पालना गर्नका लागि समेत अनुगमन समितिले कार्य गरिरहेकोले आचारसंहिता उल्लंघन र गुनासो दलहरूबाट नै हुने भएकोले सबैले अनुशासनमा रही निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आग्रह गरे । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यालय उद्घाटन सँगै निर्वाचन अभियान सुरु भएको छ ।   

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : ५९ बजे

फेसबुकबाट चिनजान बढाएर होटलमा लगेपछि ‘हनी ट्रयाप’, एक जनासँग मागेका थिए काठमाडौंमा चारआना घडेरी

काठमाडौं- होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्दै त्यसैलाई हतियार

यार्सागुम्बा खोज्न गएकी महिलाको चट्याङ लागेर मृत्यु

जुम्ला– चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ ।

सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यपक्ष र तत्कालीन अवस्थाको सशस्त्र

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ, अदातलको आदेशअनुसार जेल पठाइँदै

काठमाडौं- सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि ठगी गरेको अभियोगमा नेकपा