उडान नहुँदा यात्रु नेपालगञ्जमा अलपत्र « Khabarhub

उडान नहुँदा यात्रु नेपालगञ्जमा अलपत्र


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् । हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाईयात्रा रहेकाले निजी कम्पनीले काठमाडौँमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् ।

हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् । 

हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन् । विमान कम्पनीका कर्मचारी टिकट पहिलानै प्याक भइसकेको जवाफ दिँदैआएका छन् । एक यात्रुले आक्रोश पोख्दै भने, ‘भनसुन गर्नसक्ने उडे, हामी फर्कन बाध्य भयौँ ।’

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा उपलब्ध छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ । सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ । निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती ब्यहोर्नु परिरहेको यात्रुहरू बताउँछन् । 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ३ : २० बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार