‘सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ’ « Khabarhub

‘सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ’


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास-१ गल्वुबेंसी निवासी ४८ वर्षीया कृष्णमाया दुराको दैनिकी केही वर्षअघिसम्म सहकारी संस्थाका महिला सदस्यसँग विषयगत छलफल र कुराकानी गरेरै बित्ने गर्दथ्यो । सहकारीमार्फत महिला सदस्य र समुदायमाझ राम्रो छवि बनाएको उनले २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी लीला दरैले भन्दा नौ सय ४४ मत बढी प्राप्त गरी महिला वडा सदस्यमा निर्वाचित भइन् । 

व्यास नगरपालिकाको कार्यकारिणी सदस्यसमेत रहेका उनी अहिले विकास निर्माण र समुदायको समस्या समाधानमा सक्रिय भएर जुट्ने गर्छन् । व्यास नगरपालिका-२ दमौलीस्थित कृष्णदेव बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएपछि नेतृत्व विकास भएको र विसं २०७५ देखि ऋण संयोजक भएर आर्थिक जिम्मेवारीसमेत लिएको दुराले बताइन् । 

‘पहिले मानिसको अघि खासै बोल्ने हिम्मत आउँथेन । पछि सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ’, दुराले भनिन्, ‘निर्वाचनमा उम्मेदवारी दिन्छु भन्ने हिम्मत पनि मलाई सहकारीले नै दिएको हो ।’ निर्वाचनमा उनले एक हजार पाँच सय ५२ मत र निकटतम् प्रतिद्वन्द्वी ३४ वर्षीया लीलाले ६०८ मत प्राप्त गरेकी थिइन्  ।

सो सहकारी संस्थाकै अर्का महिला सदस्य ३७ वर्षीया केशरीमाया थापा पनि सोही सहकारी संस्थामा ऋण संयोजक भएर दुई कार्यकाल बिताइन् । विसं २०७० सालदेखि सहकारी संस्थामा करिब पाँच वर्ष समय बिताएको उनी पनि यसपटकको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका-५ को सदस्यमा निर्वाचित भइन् । सहकारीका सदस्यको विश्वास, सहकारीमा लिएको ज्ञान र सीप व्यवहारमा प्रयोग गरेकैले निर्वाचनमा विजयी भएको आफूले ठानेको उनले बताइन् । ‘सहकारीका सदस्यसँग काम गर्ने शैलीले निर्वाचनमा सजिलो बनायो’, उनले भनिन्, ‘निर्वाचनमा विजयी हुनुमा सहकारी संस्थाको पनि ठूलो हात छ ।’ यस निर्वाचनमा उनले एक हजार एक सय नौ मत र प्रतिद्वन्द्व ५५ वर्षीया मनमाया श्रेष्ठले एक हजार ९५ मत प्राप्त गरेकी थिइन् यो । चौध मतको फरकमा विजयी हुनुको पछि सहकारीकै महिला सदस्यको साथ र सहयोग रहेको उनले बताइन् । 

उनीहरूले सक्रियता र जिम्मेवारी पूरा गर्नसक्ने खुबी देखेर नै उनीहरूलाई विभिन्न कार्यकालमा गरी आफूहरूले ऋण उपसमिति संयोजकको जिम्मेवारी सुम्पिएको संस्थाका अध्यक्ष सुकमाया थापाले बताइन् । ‘उनीहरुमा सहकारीका शेयर सदस्य महिलामा छिटो घुलमिल हुनसक्ने क्षमता थियो’, अध्यक्ष थापाले भनिन्, ‘त्यही लगन र खुबी चिनेका मतदाताले उनीहरूलाई जनप्रतिनिधिसमेत बनाइछाड्यो ।’ आफूहरूले वित्तीय सुधारको अतिरिक्त महिलाको सीप र क्षमता विकासमा समेत विभिन्न तालिम दिँदै आएको अध्यक्ष थापाले बताइन् । 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ३ : ४३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका