'सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ' | Khabarhub Khabarhub

‘सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ’


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास-१ गल्वुबेंसी निवासी ४८ वर्षीया कृष्णमाया दुराको दैनिकी केही वर्षअघिसम्म सहकारी संस्थाका महिला सदस्यसँग विषयगत छलफल र कुराकानी गरेरै बित्ने गर्दथ्यो । सहकारीमार्फत महिला सदस्य र समुदायमाझ राम्रो छवि बनाएको उनले २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी लीला दरैले भन्दा नौ सय ४४ मत बढी प्राप्त गरी महिला वडा सदस्यमा निर्वाचित भइन् । 

व्यास नगरपालिकाको कार्यकारिणी सदस्यसमेत रहेका उनी अहिले विकास निर्माण र समुदायको समस्या समाधानमा सक्रिय भएर जुट्ने गर्छन् । व्यास नगरपालिका-२ दमौलीस्थित कृष्णदेव बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएपछि नेतृत्व विकास भएको र विसं २०७५ देखि ऋण संयोजक भएर आर्थिक जिम्मेवारीसमेत लिएको दुराले बताइन् । 

‘पहिले मानिसको अघि खासै बोल्ने हिम्मत आउँथेन । पछि सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ’, दुराले भनिन्, ‘निर्वाचनमा उम्मेदवारी दिन्छु भन्ने हिम्मत पनि मलाई सहकारीले नै दिएको हो ।’ निर्वाचनमा उनले एक हजार पाँच सय ५२ मत र निकटतम् प्रतिद्वन्द्वी ३४ वर्षीया लीलाले ६०८ मत प्राप्त गरेकी थिइन्  ।

सो सहकारी संस्थाकै अर्का महिला सदस्य ३७ वर्षीया केशरीमाया थापा पनि सोही सहकारी संस्थामा ऋण संयोजक भएर दुई कार्यकाल बिताइन् । विसं २०७० सालदेखि सहकारी संस्थामा करिब पाँच वर्ष समय बिताएको उनी पनि यसपटकको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका-५ को सदस्यमा निर्वाचित भइन् । सहकारीका सदस्यको विश्वास, सहकारीमा लिएको ज्ञान र सीप व्यवहारमा प्रयोग गरेकैले निर्वाचनमा विजयी भएको आफूले ठानेको उनले बताइन् । ‘सहकारीका सदस्यसँग काम गर्ने शैलीले निर्वाचनमा सजिलो बनायो’, उनले भनिन्, ‘निर्वाचनमा विजयी हुनुमा सहकारी संस्थाको पनि ठूलो हात छ ।’ यस निर्वाचनमा उनले एक हजार एक सय नौ मत र प्रतिद्वन्द्व ५५ वर्षीया मनमाया श्रेष्ठले एक हजार ९५ मत प्राप्त गरेकी थिइन् यो । चौध मतको फरकमा विजयी हुनुको पछि सहकारीकै महिला सदस्यको साथ र सहयोग रहेको उनले बताइन् । 

उनीहरूले सक्रियता र जिम्मेवारी पूरा गर्नसक्ने खुबी देखेर नै उनीहरूलाई विभिन्न कार्यकालमा गरी आफूहरूले ऋण उपसमिति संयोजकको जिम्मेवारी सुम्पिएको संस्थाका अध्यक्ष सुकमाया थापाले बताइन् । ‘उनीहरुमा सहकारीका शेयर सदस्य महिलामा छिटो घुलमिल हुनसक्ने क्षमता थियो’, अध्यक्ष थापाले भनिन्, ‘त्यही लगन र खुबी चिनेका मतदाताले उनीहरूलाई जनप्रतिनिधिसमेत बनाइछाड्यो ।’ आफूहरूले वित्तीय सुधारको अतिरिक्त महिलाको सीप र क्षमता विकासमा समेत विभिन्न तालिम दिँदै आएको अध्यक्ष थापाले बताइन् । 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ३ : ४३ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा