मोदीले गरे गान्धी र शास्त्रीको योगदानको स्मरण « Khabarhub

मोदीले गरे गान्धी र शास्त्रीको योगदानको स्मरण


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रपिता महात्मा गान्धी र पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको जन्म दिवसका अवसरमा उनीहरूले देशका लागि गरेका योगदानको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका छन्।

महात्मा गान्धीको १५३ औँ जन्मजयन्तीका अवसरमा उनले श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन्, ‘यो गान्धी जयन्ती भारतीयका लागि विशेष छ किनभने भारतमा स्वतन्त्रताको अमृत महोत्सव मनाइन्छ । सायद सधैं बापूको आदर्शअनुसार बाँच्न सकिन्छ । म सबैदेशबासीहरूलाई गान्धीजीप्रति श्रद्धाञ्जलि स्वरूप खादी र हस्तकलाका उत्पादनहरू खरिद गर्न पनि आग्रह गर्दछु ।’

सन् १८६९ अक्टोबर २ मा गुजरातको पोरबन्दर शहरमा जन्मेका महात्मा गान्धी अर्थात् मोहनदास करमचन्द गान्धीले अहिंसात्मक प्रतिरोध अपनाएका थिए र बेलायतको औपनिवेशिक शासनविरुद्ध स्वतन्त्रता सङ्ग्राममा अग्रपङ्क्तिमा रहर आन्दोलनको नेतृत्व गरेका थिए ।

यसले अन्ततः सन् १९४७ मा भारतले आफ्नो स्वतन्त्रता प्राप्त ग¥यो । ‘स्वराज’ (स्वशासन) र ‘अहिंसा’ मा अटूट विश्वासले उनीलाई विश्वभर प्रशंसा दिलायो ।

विश्वभर गान्धीको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ । यस अवसरमा भारत र विश्वभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ०५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ