‘केपी ओलीको कारण एमाले त्यागेँ’ « Khabarhub

‘केपी ओलीको कारण एमाले त्यागेँ’


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुटवल– घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका हुन् ।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दावी छ । ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा  र विकासको लागि बनेको हो,’ उनले भने ।

भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही-१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दाबी गरे ।

जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ ९१० मा उम्मेदवारी दिएका कांग्रेस नेता विश्वनाथ यादवले आफूले बोलेको कुरा व्यवहारमा उल्लेख गर्ने बताउँदै आफ्नो मुख्य प्राथमिकता अव्यवस्थित बसोवासी र सुकुम्बासी समस्या रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ ९२० का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताए । संविधान र लोकतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरू गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाइ थियो ।

वाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत देवदह, रोहिणी र तिलोत्तमा गरी सातवटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ । रुपन्देही क्षेत्र नं. १ मा झण्डै चार दर्जन उम्मेदवार चुनावी मैदानमा छन् भने प्रतिनिधिसभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनका छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ३६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले