प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी गतिविधि तीव्र « Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी गतिविधि तीव्र


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि  गाउँ-गाउँमा पुगेका छन् । उम्मेदवार आ-आफ्ना पक्षमा मत माग्नका लागि  विकासका एजेण्डा लिएर घर-घरमा पुगी मतदातासँग मत मागिरहेका छन् ।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् । यसैबीच दाङ निर्वाचन क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ । सो क्षेत्रमा गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

कांग्रेसबाट केन्द्रीय सदस्य दीपक गिरी, एमालेबाट कोमल वलीसहित सो निर्वाचन क्षेत्रमा अन्य साना दल र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ओजबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, नागरिक उन्मुक्ति पार्टीबाट कुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णवीर नेपाली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट घनश्याम चौधरी, जनता समाजवादी पार्टीबाट देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीबाट रणेन्द्रविक्रम केसी र  नेपाल मजदुर किसान पार्टीबाट वीरबहादुर चौधरी प्रतिस्पर्धामा छन् ।

यस्तै स्वतन्त्रबाट घनश्याम डाँगी, टोपेन्द्र बस्नेत, तिलक खड्का, भूपबहादुर भण्डारी, लीलाधर न्यौपाने, हेमन्तबहादुर मल्ल र नेपाल कम्युनिष्ट पार्टीबाट शालिकराम चौधरी चुनावी मैदानमा छन् । विद्यार्थी जीवनदेखि कांग्रेसको राजनीतिमा सक्रिय गिरी २०५१ सालयता यो क्षेत्रमा तीनपटक निर्वाचन लडिसकेका छन् । चौथोपटक संसद्को यात्राका लागि प्रतिस्पर्धामा रहेका गिरी यसअघि २०७४ सालमा एमालेका हीराचन्द्र केसीसँग पराजित भएका थिए । उनी २०७० सालमा विजयी हुँदै  सिँचाइमन्त्री बनेका थिए । पूर्व पूर्वसञ्चारकर्मी वली भने र राष्ट्रिय सभासदस्य भइसकेका छन् ।

यो निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ देखि १५ वडा, बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका पर्दछन् । गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा तुलसीपुरका आठवटा वडामा गठबन्धनले जित हासिल गरेका छन् भने अन्य वडा र प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ ।

त्यस्तै शान्तिनगर, बबई र दङ्गीशरणमा कांग्रेसले गठबन्धन नगरी आफ्ना उम्मेदवार उठाएको थियो । ती पालिकामा कांग्रेसले विजयी भएको थियो । ‘सिँचाइमन्त्री हुँदा गरेका विकास निर्माणका कामको जनताले मूल्यांकन गरिसकेकाले मत पाउनेमा ढुक्क छु’, उनले भने। आफू गठबन्धनको साझा उम्मेदवार भएकाले पनि जित सुनिश्चित रहेको गिरीको भनाइ छ ।

एमालेका उम्मेदवार वली गठबन्धन हुँदा स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा जितेकाले आफू चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । उनले भने,’यस क्षेत्रको विकासका आफू लागिरहेको र राष्ट्रियसभा सदस्य हुँदा यहाँको विकासका लागि सक्दो प्रयास गरेकाले मेरो जित निश्चित छ ।’ यो क्षेत्रमा वली पहिलोपटक उम्मेदवार बनेका थिए । क्षेत्र नं ३ मा एक लाख ४८ हजार चार सय ७५ मतदाता छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : १५ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार