अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन हुँदै « Khabarhub

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन हुँदै


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको आसाम प्रान्तको लखिमपुर शहरमा नोभेम्बर ४, ५ र ६ मा आयोजना हुने ‘भरतमूनि अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नेपालबाट ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन हुने भएको छ। तीन दिवसीय उक्त महोत्सवमा भारत, नेपाल र बङ्गलादेशका गरी १० वटा नाटक मञ्चन हुने जनाइएको छ ।

भारतीय नाट्य कलाका पिता मानिने ‘भरतमूनि’को नाममा समर्पित उक्त नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो। शिल्पी थिएटरका सञ्चालक एवं रंगकर्मी घिमिरे युवराजले महोत्सवमा भाग लिने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनका अनुसार ‘हिउँको पृथ्वी यात्रा’ नेपालमा ६० पटक मञ्चन भइसेकेको छ।

‘हिउँको पृथ्वी यात्रा’ नाटकले जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई सरल कथामार्फत गम्भीर रूपमा ध्यानाकर्षण गराएको छ । तराईरमधेशको एउटा राष्ट्रिय निकुञ्जनजिक बसोबास गर्ने आदिवासी थारू समुदायका पात्रका माध्यमबाट कथा वाचन गरिएको छ। नाटकमा केही समयदेखि पानी नपरेर माछा मारी जीविका चलाउने आदिवासी थारू परिवारको जीवनयापनमा आएको उतारचढाव पर्यावरणीय परिवर्तनसँग सम्बन्धित रहेको देखाइएको छ। 

इजिप्टको शार्म-इल-शेख शहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन भइरहेको बेला नेपालबाट जलवायु परिवर्तनलाई विषयवस्तु बनाएको यो नाटक अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन हुन लागेको हो।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : २७ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७