स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा « Khabarhub

स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलियो टिम स्पेनलाई हराउँदै जापान कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो । तीन खेल खेलेको जापानले ६ अंक जोडेको छ ।

बिहीबार राति कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका लागि अल्भारो मोराटाले एक गोल फर्काएका थिए ।

सुरुवाती अग्रता लिएको स्पेनविरुद्ध जापानले खेल उल्टाएको हो। खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछाडि परेको जापान दोस्रो हाफमा पुनरागमन गर्दै विजयी भएको हो ।

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा फर्काएका थिए ।
थप एक गोल खेलको ५१ औं मिनेटमा टानकाले गरेका थिए ।

जापानसँग पराजित भए पनि तीन खेलमा ४ अंक जोडेको स्पेन यो समूहको उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : १८ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र